रक्सिको मात

Tuesday, June 9, 2020

आदि र अन्त्य नभएनी मलाई सुरुवात थाहा छ
मलाई रक्सिको मात थाहा छ I

दुर्गन्धको खात थाहा छ
सुगन्धको बर्षात थाहा छ
सान्नानीको कम्मरैको कालो तील को बात थाहा छ
मलाई रक्सिको मात थाहा छ I

जुवा तासको साथ थाहा छ
त्यहि साथको घात थाहा छ
लडिबुडि हल्लिएर गटरमा बिताएको रात थाहा छ
मलाई रक्सिको मात थाहा छ I

दुनीयाको जात थाहा छ
लडाइमा भाँचिएका दाँत थाहा छ
बैसालु नसालु ती नजरैको झुक्याउने प्रणिपात थाहा छ
मलाई रक्सिको मात थहा छ I

आदि र अन्त्य नभएनी मलाइ सुरुवात थाहा छ
मलाई रक्सिको मात थाहा छ
त्यहि मातको सौगात थाहा छ I
©srijaprasita

0 comments: