थाह नपाई

Tuesday, June 9, 2020

तारा को छानो मुनि जब तिमी मलाई झक झकाउँछौं ,
आत्मीयताको आभास हुन्छ
र तिम्रो आवाज सँगै निदरी अंगाल्छु।
सूर्यको पहिलो किरण सँगै, थाह नपाई।

सिरानी मा कोल्टे फेर्दा उम्लिन्छन् भाव हरु
र सलबालाउँछन् हृदय सम्म।
वसन्त र सौन्दर्य को कल्पना मा।
र निखारिन्छन सपनामा।
साथसाथै भयावह स्थिर पनको आभास हुन्छ
र मौनता मा हराउँछन् खुसीहरू।
भावना र वास्तविकता को उल्झन सँगै
अनायासै आँशु झर्छन्।
र तिम्रो आवाज सँगै निदरी आँगल्छु।
सूर्यको पहिलो किरण सँगै, थाह नपाई।

छक्काउने ती क्रुर गलत फहमी
रातभर सुस्ताउँछन् मस्तिष्कमा
र आवाज बनी गुन्जी रहन्छन् हर प्रहर।
कोइली को आवाज मा कागको क्रोदन झै
सम्झना बिथोली विलाई जान्छन्।
तर कल्पना नि उत्तिकै धिट छन्
ओइलिन दिन्नन् अन्तर्मन ले बुनेका सपना।
अन्ततः तिनै कल्पना मा डुबी सुस्केरा  संग सिथिल हुन्छु
र तिम्रो आवाज सँगै निदरी अङ्गाल्छु।
सूर्यको पहिलो किरण सँगै, थाह नपाई।

0 comments: