उम्लिएको बेहोसी जस्तै

Tuesday, June 9, 2020

सान्त्वनाको प्रकृती यस्तै, बिलाएको निदरी जस्तै
मनलाई यसै सम्हाल्न खोज्दा, उडेछन भाव तुँवालो जस्तै
लुकाइ आँसु परेली मुनी, फ़ेरेथेँ लामो निस्वास आज
खोजेर पाउने आसा थियो मलाई, हरायो मुहान भात्किए जस्तै
वाश्तवीकताको दोषी जस्तै, उम्लिएको बेहोसी जस्तै

0 comments: