एउटा कविता

Saturday, June 27, 2020

बिहानीको पहिलो रङ्ग सँगै
साँझको बैजनी ढङ्ग सँगै
ती आकाशगंगा मा
बगाइएका बत्ती झै
यता उता
ठोकिँदै
भौतारिरहेका
बादल सँगै
उनको पहिलो हेराई सँगै
मन्द मन्द मुस्कान सँगै
हर एक अंकमाल सँगै
प्रेमील मनको हाल सँगै
निश्चल योग सँगै
निर्दयी वियोग सँगै
अनौठा राग सँगै
सुस्ताएका भाव सँगै
बारी, आली, खेत सँगै
गाउँ, गल्ली , गेट संगै,
असीना सँगै
पसिना सँगै
छानो, आँगन, गोठ सँगै
मिहिनेत र चोट सँगै
भरपुर आहार सँगै
सुनिस्चित स्याहार सँगै
रोग सँगै
भोग सँगै
तनको कम्पन सँगै
मनको संगम सँगै
देशभक्ति सँगै
विद्रोह सँगै
आफू भित्रको चोट सँगै
औँल्याइएको खोट सँगै
अनेकन प्रश्न सँगै
चित्त जलेको भष्म सँगै
यस्तै यस्तै अनेकन
कथा एबम् व्यथा सँगै
अन्तरमनमा लहर छुटेपछि
विकराल भेल झैँ
उर्लिएर
वर्षात झैं
गड्गडाएर
मनै रुझाउने गरी
यसरी जन्मियो एउटा कविता।
©srijaprasita

0 comments: