स्मरण भन्दा केही पर

Thursday, May 14, 2020

बेरंगी जीवनको बैजनी ढंग लाई
अन्तरालमा नियालेर हेर्दा
झ्याप्प निभेको बत्ती जसरी,
अन्धकारमा लिप्त भएझैं
केवल एक मुठी सास ले अल्झिएको सपना!
पुराना कुनै किताब का पाना मा
सुकेका गुलाब का पंखुरी जस्तै दबिएका छन्
स्मरण भन्दा केही पर

अट्टहास सँगै छचल्किएका
सुन्यताका आवाजहरू,
एउटा बन्द कोठामा, पुराना गीत सँगै
कैले आँशु बानी बर्सिन्छन
त कहिले
हरफहरु मा शृङ्गारिन्छन्
कालो एउटा डायरी को कुनै कुनामा
स्मरण भन्दा केही पर

बादल को गर्जन सँगै वर्षात को पर्खाइ जस्तै,
तिम्रो स्पर्श को पर्खाइ मा
सम्झना का हर एक गल्ली गल्ली
भौतारिंदै हिँडदै छु म
तर
तिम्रो लागि सायद म केवल
सिमलको रुखमुनी को
पहिलो चुम्मन हूँ
स्मरण भन्दा केही पर

0 comments: