शायद ।

Thursday, May 14, 2020

शायद,
संघर्षहीन परिस्थिती र कल्पित दिशा भएको भए,
आफ्ना अन्तष्करणमा उम्लिएका भावलाई
नजलाई,
तिम्रा कदमसँङ्गै आफ्ना कदम
हरदम मिलाउने थिएँ,
शायद ।

शायद,
तिम्रो अन्तर्मनमा सधैँ झुण्डिएको ताल्चाको
चाबी बनि
मुस्कानको फोहरा र छचल्किएको आँसु बनी
तिमीमा नै हराउने थिएँ ।
हर एक सन्ध्या Take me to your heart सँङ्गै
दुई फन्का लगाउने थिएँ ।
बिछौनामा कोल्टे फेरी, तिम्रै धुनमा रमाउने थिएँ ।
निमेषमा सूर्य लुप्त हुँदा, तिमीलाई झकझकाउने थिएँ ।
शायद

शायद,
कल्पनामा हुन्थ्यो भने
तिमी खिलखिलाउने थियौ ।
बेमौसमको वर्षात जस्तै
तिमी गड्गडाउने थियौ ।
नदिको वेगझैं,
तिमी चलमलाउने थियौ ।
शायद ।

शायद
तिमीतिर मैले आफ्नो पाइला सारेको भए,
मन मष्तिष्कको विवाद छोडी
मैले मुटु हारेकी भए,
आलाप विहिन केहि समय, तिमीसङ्गै विताउने थिएँ ।
तिलमिलाएका तारा
र रेशमी रातको छानामुनि
गुटुमुटु तिम्रै अँगालोमा
सुस्केरा हाली निदाउने थिएँ
शायद । 

0 comments: