यो कस्तो सम्बन्ध?

Friday, October 31, 2014


पाइला पाइलामा आँशुले सेचिएको
झुठ र अहन्कारले नाटक नै रचिएको
प्रश्नचिन्हित एउटा व्यङ्यात्मक निबन्ध
यो कस्तो सम्बन्ध?

माया पनि सोचेर लगाएझैँ
खडेरीको भेलले बगाएझैँ
अस्मिताको विचित्र द्वन्द
यो कस्तो सम्बन्ध?

नैरश्यको नमुना बनाएझैँ
अत्तर मुनी अस्तित्व गनाएझैँ
शिष्टाचार निर्हित छन्द
यो कस्तो सम्बन्ध?

दुई बिन्दू जोडेर हेरेँ
फेरी त्यसलाई तोडेर हेरेँ
वास्तविक्तालाई गरेर बन्द
यो कस्तो सम्बन्ध?

प्रकृतिको छ बेग्लै सुगन्ध
पुरुषलाई लोभ्याउने छ प्रबन्ध
तैपनी मिलन किन यस्तो मन्द
यो कस्तो सम्बन्ध?
खै यो कस्तो सम्बन्ध?

1 comments:

Unknown said...

Wowwwww....
very nice...