म के गर्दिन ?

Friday, October 31, 2014


ओठमा लाली लगाइ
मुस्कान को जाल हान्छु
कर्के आँखा को हेराइ ले
छक्याउछु, झुक्याउछु
सुमधूर संगीत सगै
काम को बाण हान्छु
तिमीलाई लोव्याउछु
सपना देखाउछु
तिमीलाई भुलाउछु, तर आफुलाई जोगाउछु
भुमरी मा पर्दिन
म के गर्दिन ?

वास्तबिक्ता को पर्दा लगाइ
बेहोसीनै तुल्याउछु
फकाउछु, कुराउछु
तिमीलाई सिध्याउछु
खल्ती पनि रित्याउछु
तिमी आउछौ, म लुक्छु
पछी पछी लगाउछु
गल्लीको कुकुरझै तिमी
रियाल काढी पुछर हल्लाउछौ
म हेर्छु, म हास्छु
एक टुक्रा दान दियी
मेरै पछी दौडाउछु
तिम्रो अस्तित्व लियी
खुड्किला चडछु
अह तल झर्दिन
म के गर्दिन ?

वास्नाको जन्जिरले बेरिएको
एउटा पुत्ला हौ तिमी
जती तर्कु, जती झर्कु
लुरु लुरु आउछौ
ढोका मा ढुक्छौ
मेरै गूण गाउछौ
मुर्ख हौ तिमी...पटमुर्ख
कती स्वाभिमान रित्याउछौ?
तर
जती तिमी रितिन्छौ
तेती म भर्पूर हुन्छु
तिमीलाई खोक्रो पार्छु
अनी वास अन्तै सार्छु
मुहान सुकेपछी खडेरी मा
फर्केर नि हेर्दिन
म के गर्दिन ?

माया मा पर्दिन, ममता छर्दिन
तर माया गर्छु
जब सम्म आट छ
कसैसँग गाठ छ
तेही बाटो रोज्छु
एउटालाई खोज्छु
भुमरीमा पार्छु
अनी जाल हाल्छु
हो म मान्छु, म गलत छु
तर के अरु स ही छन?
अह! म पछी सर्दिन
म के गर्दिन ?
म के गर्दिन ?

1 comments:

Unknown said...

wow.... what a reality. I like it.